global ime bank Long Banner Ad

गृहपृष्ठ तेस्रो त्रैमाससम्म लक्ष्मी लघुवित्तको नाफा ५ करोड २ लाख

तेस्रो त्रैमाससम्म लक्ष्मी लघुवित्तको नाफा ५ करोड २ लाख

तेस्रो त्रैमाससम्म लक्ष्मी लघुवित्तको नाफा ५ करोड २ लाख

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३.०७ प्रतिशत धेरै हो । गत वर्ष यस संस्थाले ४ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी २७ करोड ७९ लाखबाट बढेर ३२ करोड ३४ लाख पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो ।

संस्थाले इम्पेयरमेन्ट चार्जमा १ करोड ५८ लाख रुपैयाँ छुट्याएको छ । ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको जगेडा कोषमा २२ करोड ७६ लाख रुपैयाँ छ । त्यस्तै, रिटेन्ड अर्निङमा २ करोड ३५ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १५.१७ रुपैयाँ छ ।

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु