global ime bank Long Banner Ad

गृहपृष्ठ ‘नीति तथा कार्यक्रम व्यवस्थित छ’

‘नीति तथा कार्यक्रम व्यवस्थित छ’

‘नीति तथा कार्यक्रम व्यवस्थित छ’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिसोस् भन्ने प्रस्ताव प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ साल वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेको हो ।

छलफलमा भाग लिँदै सांसद गोपाल भट्टराईले आगामी वर्षको नीति तथा कार्यक्रम व्यवस्थित रहेको टिप्पणी गरे । “संविधान कार्यान्वयनका क्रममा देखिएको कमीकजोरी सच्याउने कुरा आएको छ । यो राम्रो पक्ष हो । संविधानको समीक्षा गर्ने बेला आएको छ”, उनले भने, “विकासको परियोजना विभिन्न सरकारले घोषणा गरेका आयोजनाको समीक्षा गर्ने र सम्पन्न नहुने परियोजना खारेज हुने नीति आफैँमा राम्रो छ । रकम खर्च गरेर सम्पन्न नहुने परियोजना खारेज हुनुले दुरदृष्टि नीति दिइएको छ ।”

भट्टराईले तीनै सरकारबीचको समन्वय गरिने नीति पनि दुरदृष्टि रहेको बताए ।

प्रकाशित समय : १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु