global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली सरकारको बजेट अधिवेशन वैशाख २८ देखि सुरु हुने

कर्णाली सरकारको बजेट अधिवेशन वैशाख २८ देखि सुरु हुने

कर्णाली सरकारको बजेट अधिवेशन वैशाख २८ देखि सुरु हुने

कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन यही वैशाख २८ गतेदेखि सुरु हुने भएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष प्रदेशसभा बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारद्वारा आह्वान गरिएको उक्त अधिवेशनले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्नेछ ।

त्यसका निम्ति प्रदेश सरकारले बजेटको दायरा बढाउने गरी नीति तथा कार्यक्रमलाई तीव्रता दिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

प्रकाशित समय : ०९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु