global ime bank Long Banner Ad

गृहपृष्ठ समाज परिवर्तनमा धर्मसंस्कृतिको महत्त्वपूर्ण योगदान रहन्छ : मुख्यमन्त्री लामा

समाज परिवर्तनमा धर्मसंस्कृतिको महत्त्वपूर्ण योगदान रहन्छ : मुख्यमन्त्री लामा

समाज परिवर्तनमा धर्मसंस्कृतिको महत्त्वपूर्ण योगदान रहन्छ : मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले समाज परिवर्तनका लागि धर्मसंस्कृतिको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन ।

देवघाटमा रहेको ज्ञान चतुर्वहु महाङ्कालमा आज आयोजित कार्यक्रममा उनले धर्मले मानिसलाई अनुशासनमा राख्ने भएकाले धर्ममा आस्था राख्नु सकारात्मक छ भने ।

उनले भने, “धर्मले मानिसलाई अनुशासनमा राख्दछ । अनुशासन नभएसम्म मानिसमा सुधार आउन सक्दैन ।” धर्मले समाजलाई सुधारको बाटोमा लैजाने उल्लेख गर्दै उनले धर्मसंस्कृतिको रक्षाका लागि सबै एक हुन आवश्यक रहेको बताए ।

मुख्यमन्त्री सिंहले समाजको विकासका लागि दीर्घकालीन सोचका साथ लाग्न आवश्यक रहेको उल्लेख गरे । प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रणका लागि विधि बनाउने प्रक्रियामा रहेको बताउँदै उनले यस कार्यमा सबैको सहयोग रहने विश्वास व्यक्त गरे । नियमन गर्ने निकायले सहज रूपमा नियमन गर्न सक्ने गरी विधि बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रमका वक्ताहरूले देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न माग गरेका थिए । बागमती प्रदेशका वन ताथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले धर्मको रक्षा गर्न सरकार लागिपरेको बताए ।

प्रतिनिधिसभा सदस्य हरि ढकाल, पूर्वमन्त्री दावादोर्जे लामा, नेपाली कांग्रेसका नेता सूर्यकान्त घिमिरे, नेपाल तामाङ धेदुङ सङ्घका पूर्वअध्यक्ष महेन्द्रजङ्ग योन्जन, आदिवासी अभियान्ता प्रेम दोर्जेबल, तामाङ भाषाविज्ञ सिंहबहादुर तामाङ लगायतले समाजलाई अनुशासित तुल्याउनका लागि पनि धार्मिक संस्कार अपनाउनुपर्नेमा जोड दिए ।

देवघाटमा रहेको ज्ञान चतुर्वहु महाङ्कालको प्रतिमा अनावरणसहित प्राण प्रतिष्ठा गरिएको थियो ।

प्रकाशित समय : २१:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु