अर्जुन कुलुङलाई कञ्चनजङ्घा साहसिक हाफ म्याराथनको उपाधि
वि.सं.२०८२ वैशाख १७ बुधवार २०:३९
shares

कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिताको उपाधि अर्जुन कुलुङले हात पारेका छन । विश्व तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कन्चन्जघांको प्रवर्धनका लागि आयोजित हाल्फ म्याराथन प्रतियोगिताको उपाधी सोलुखुम्बुको राईले हात पारेको हो । सिरिजघां गाउँपालिकाद्वारा आयोजित जिरिजघां पर्यटन महोत्सव अन्तर्गतको प्रतियोगितामा दुई घण्टा छ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राईले उपाधी चुमेको हो ।
यस्तै जुम्लाका धिरजबहादुर बुढा प्रतियोगितामा दोस्रो र बुढाले निर्धारित दुरी दुई घण्टा छ मिनेट ४६ सेकेन्डमा पार गर्दै दोस्रो भएको म्याराथन व्यवस्थापनका संयोजक निक्की नेम्बाङले बताए । उनका अनुसार प्रतियोगितामा दुई घण्टा दस मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै ताप्लेजुङका बिबिसन लिम्बू तृतिय भएको छ ।
प्रतियोगीतामा प्रथम भएका राईले २ लाख ८ हजार ५ सय ८६ रुपियाँ, दोस्रो हुनु भएका बुढाले १ लाख ८ हजार ५ सय ८६ र तेस्रो हुनुभएका लिम्बूले ५८ हजार ५ सय ८६ रुपियाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
























