global ime bank Long Banner Ad

गृहपृष्ठ कामना सेवा विकास बैंकको नाफा ४९ करोड ३२ लाख

कामना सेवा विकास बैंकको नाफा ४९ करोड ३२ लाख

कामना सेवा विकास बैंकको नाफा ४९ करोड ३२ लाख

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म ४९ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कामनाले ३३ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४८.८३ प्रतिशतले बढेको छ । समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ५८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख रुपैयाँले ऋणात्मक थियो ।

समीक्षा अवधिसम्म बैंकले १८.९८ प्रतिशत लाभांश क्षमता बनाएको छ । बैंकको सञ्चालन मुनाफा बढेर ७१ करोड ६१ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा ५४ करोड ६ लाख रुपैयाँमा सीमित थियो । बैंकको सञ्चालन मुनाफा पनि ३२.४४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४५ करोड ८० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । बैंकको ब्याज आम्दानी भने १४.१४ प्रतिशतले बढेको छ भने चुक्तापुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकले ६१ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी ईपीएस बढेर १८.७३ रुपैयाँ कायम भएको छ ।

प्रकाशित समय : १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु