गृहपृष्ठ छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी
छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी
कैलालीका किसानलाई सागसब्जीखेती घर खर्च चलाउने माध्यम बन्न थालेको छ । यहाँका किसान व्यावसायिक रूपमा सागसब्जीखेती गर्दै आएका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–८ फकलपुरका जगतराम चौधरीले सागसब्जी बेचेर परिवारको भरणपोषण गर्दै विगत १५ वर्षदेखि व्यावसायिक रुपमा सागसब्जीखेती गर्दै आएको बताउँदै यसबाट आकर्षक आम्दानी पनि हुने गरेको जानकारी दिए ।
उनले भने, “छ कट्ठामा सागसब्जी लगाएको छु । वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ । आठ जनाको परिवार छ । बालबच्चाको पढाइ, घर खर्च सागसब्जी बेचेर चलाउने गरेको छु ।” जैविक मल मात्र प्रयोग गरेर खेती गर्दै आएको बताए ।
सागसब्जीखेती बिक्रीमा समस्या नहुने बताउँदै नजिकैको अत्तरिया बजारमा लगेर सागसब्जी बिक्री गर्ने गरेको जानकारी दिए । सागसब्जीखेतीबाट मनग्गे आम्दानी हुने सोही स्थानका धनलाल चौधरीले चार कट्ठा जग्गामा लामो समयदेखि व्यावसायिक सागसब्जीखेती गर्दै आएको बताए । उनेले भने, “आम्दानी प्रशस्त हुन्छ । सागसब्जीखेतीबाट वार्षिक दुई लाख बढी आम्दानी हुन्छ । गाह्रोसारो पर्दा ऋण लिनुपर्दैन ।”
प्रकाशित समय : १३:१८ बजे




















