global ime bank Long Banner Ad

गृहपृष्ठ साथीले मानसिक यातना दिएको भन्दै बाराका एक युवकले गरे आत्महत्या

साथीले मानसिक यातना दिएको भन्दै बाराका एक युवकले गरे आत्महत्या

साथीले मानसिक यातना दिएको भन्दै बाराका एक युवकले गरे आत्महत्या

बाराको कलैया उपमहानगरपालिका- १४ बघवन घर भएका एक युवाले आत्महत्या गरेका छन् ।

श्याम प्रसाद महत्तोका २२ बर्षिय छोरा नितेश कुमार महत्तोले आफुलाई साथीहरुले यातना दिएको भन्दै आत्महत्या गरेका हुन ।

उनले आफ्नै घरमा पासो लगाई आत्महत्या गरेको बारा प्रहरीले जनाएको छ । उनको शव अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र घटनाको विषयमा थप केही भन्न सकिने प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा कलेजका साथीले मानसिक यातना दिँदा आत्महत्या गरेको देखिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।

आत्महत्या गर्नुपूर्व महत्तोले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरी कलेजका साथीले मानसिक दावाव दिएको भन्दै आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन । घटनामबारे थप अनुसान भइरहेको बारा प्रहरीले जनाएको छ ।

 

प्रकाशित समय : २१:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु