global ime bank Long Banner Ad

गृहपृष्ठ प्रकृतिमा आधारित खेती प्रणालीलाई जोगाउन जैविक कृषि जागरण यात्रा

प्रकृतिमा आधारित खेती प्रणालीलाई जोगाउन जैविक कृषि जागरण यात्रा

प्रकृतिमा आधारित खेती प्रणालीलाई जोगाउन जैविक कृषि जागरण यात्रा

प्रकृतिमा आधारित खेती प्रणालीलाई जोगाउन जैविक कृषि जागरण यात्रा हुने भएको छ ।

खाद्यका लागि कृषि अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी दिएको हो । अभियानका संयोजक उद्धव अधिकारीले पछिल्लो समय खाना, खेतीपाती र वातावरण सबैभन्दा ठूलो सङ्कटमा रहेकाले जागरणका यात्रा गर्न लागिएको बताए ।

“रासायनिक मल र विषादीको प्रयोग निरन्तर बढ्दो छ । यसले माटो र मानव स्वास्थ्यलाई थप सङ्कटग्रस्त बनाइरहेको छ । जलवायु परिवर्तन र हानिकारक आयातित प्रशोधित अल्पपोषक खानामा भरपर्नु परिरहेको छ । यसैविरुद्ध सचेतना फैलाउने उद्देश्यले जागरण यात्रा गर्न लागेका हौँ”, उनले भने ।

संयोजक अधिकारीले जागरण अभियानबाट प्राप्त सुझाव तीनै तहका सरकारलाई कृषि नीति निर्माणका लागि सहयोग पुग्ने गरी पेस गरिने बताए । जागरण अभियानका क्रममा जैविक कृषि प्रणालीलाई प्रोत्साहित गर्नेसम्बन्धी मुद्दाको उठान गरेर स्थानीय तहका सरकारसँग छलफल गर्ने र बिग्रिँदै गरेको कृषि क्षेत्र जोगाउन दबाब र समन्वय गर्ने उनको भनाइ छ ।

अभियानका सदस्य दिपेश नेपालले आमकिसानको सरोकार सम्बोधन गर्ने जिम्मेवारी लिएका सरकार र सरोकार समूहलाई दबाब दिन पनि यात्रा सहयोगी हुने धारणा राखे ।

प्रकाशित समय : २१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु