global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल पत्रकार मञ्चमा सल्लाहाकार मनोनयनसँगै विभाग गठन

नेपाल पत्रकार मञ्चमा सल्लाहाकार मनोनयनसँगै विभाग गठन

नेपाल पत्रकार मञ्चमा सल्लाहाकार मनोनयनसँगै विभाग गठन

नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले सल्लाहाकार समिति गठन र विभाग गठन गरेको छ । अध्यक्ष युवराज विद्रोहीको अध्यक्षतामा बसेको बैठकले सल्लाहकार समितिमा रामकुमार अधिकारी, डा सिर्जना थापा, डा पियारत्न महर्जन र रघुनाथ त्रिपाठी (गृहनाथ)लाई मनोनयन गर्ने निर्णय गरेको छ ।

यसैगरी, मञ्चले कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न विभाग गठन गर्ने निर्णयसमेत गरेको छ । योजना निर्माण तथा अनुगमनका कामका लागि उपाध्यक्ष विमल थापाको संयोजकत्वमा महासचिव राजु भण्डारी र सचिव प्रितमसागर कर्माचार्य सम्मिलित योजना विभाग गठन गरिएको छ ।

यस्तै, संगठन सुदृढीकरण र सदस्य परिचालनलाई प्रभावकारी बनाउन महासचिव राजु भण्डारीको संयोजकत्वमा सचिवद्वय प्रितमसागर कर्माचार्य, सन्तोष मिश्र, कमला नेपाल र कोषाध्यक्ष गीता थापा सदस्य रहने गरी संगठन विभाग गठन गरिएको छ ।

प्रकाशित समय : २१:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु