global ime bank Long Banner Ad

गृहपृष्ठ तेक्वान्दो खेलाडी खड्काले जापान र अस्ट्रेलियामा प्रतिस्पर्धा गर्ने

तेक्वान्दो खेलाडी खड्काले जापान र अस्ट्रेलियामा प्रतिस्पर्धा गर्ने

तेक्वान्दो खेलाडी खड्काले जापान र अस्ट्रेलियामा प्रतिस्पर्धा गर्ने

नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले जापान र अस्ट्रेलियामा हुने छुट्टा–छुट्टै तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।

अस्ट्रेलियाको गोल्डकोस्टमा आयोजना हुने २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। गोल्डकोस्ट ओपन मे ३ र ४ मा हुनेछ।

त्यसअघि जापानको ओशाका शहरमा अप्रिल २५ देखि २७ सम्म हुने जापान वाता ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि उनी उतैबाट अस्ट्रेलिया जानेछन्।

कक्षा ११ मा अध्ययनरत उनलाई उनको कलेज नामी इन्टरनेसनल कलेजले आज एक कार्यक्रम गरी विदाइ गर्‍यो। उनले दुवै प्रतियोगितामा यू– १७ अन्तर्गत व्यक्तिगत पुम्सेमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित समय : २१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु