काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दुर्गा प्रसाईंका दुई अस्पतालको रोक्का खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश

1.77K
shares

सर्वोच्च अदालतले दुर्गा प्रसाईं सञ्चालक रहेका दुई अस्पतालका रोक्का खाताहरू फुकुवा गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनपछि फरार घोषित प्रसाईंका व्यक्तिगत र संस्थागत खाता रोक्का गरिएको थियो ।

बि एण्ड सी मेडिकल कलेज र विर्तामोडस्थित क्यान्सर अस्पतालका खाताबारे डा. अञ्जली कार्कीले दायर गरेका छुट्टाछुट्टै रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले आदेश जारी गरेको हो ।