काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

1.42K
shares

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएकी हुन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन्। उक्त समस्याको समाधानका लागि मन्त्री भट्टराईले पहल गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेका कारण मन्त्रीपरिषद्बाट बाहिरिएको बुझिएको छ।

मन्त्री भट्टराईनिकट स्रोतका अनुसार शिक्षकको आन्दोलनका कारण कक्षा १२ को परीक्षा समेत अबरुद्ध हुने अवस्था आएपछि उनले राजीनामा दिएकी हुन्।

मन्त्री भट्टराईको भनाइ उद्घृत गर्दै निकट स्रोतले भन्यो, ‘विद्यार्थीको भविष्यमाथि खेलबाड हुँदैछ। त्यसको कारण अरु नै छन् तर अपजस हामीले पाउनुपर्नेछ। यस्तो अवस्थामा पदमा बसिरहन उचित हुँदैन।’