काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सगरमाथा संवादको शुभारम्भकै बेला एनडीसी–३.० प्रकाशित गर्ने तयारी

1.21K
shares

वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले वन तथा वातावरण मन्त्रालयले एनडिसी ३.० सबै निकायहरुमा छलफल गरेर अगाडि बढाइसकेको बताएका छन् ।

जलवायु परिवर्तन, न्यायोचित रुपान्तरण र जलवायुसम्बन्धी राष्ट्रिय स्तरमा निर्धारित योगदान (एनडीसी) ३.० बारे नीति संवादमा बोल्दै उनले सरोकारवाला र सबैको राय, सुझाव, सल्लाह लिएर करिब करिब सगरमाथा संवादको शुभारम्भको दिनमा एनडिसी ३.० प्रकाशित गर्ने तयारी गरिएको बताएका हुन् ।

उनले भने, ‘नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकका हक र अधिकारका लागि आफ्नो स्थापना कालदेखि आजसम्म अत्यन्तै महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । अहिले वन तथा वातावरण मन्त्रालयले एनडिसी ३.० जो बनाइरहेको छ यसमा सम्पूर्ण सबै सरोकारवाला र सबैको राय सुझाव, सल्लाह लिएर सबै मन्त्रालयहरु र निकायहरुमा छलफल पनि अगाडि बढिसकेको छ ।

सगरमाथा संवादको शुभारम्भको दिनमा प्रकाशित गर्ने तयारी गरेका छौं ।’ साथै उनले नीति संवादमार्फत आएका सुझावहरुलाई पनि एनडिसीमा समावेश गरिने बताए । उनले सबैको अपनत्व हुने किसिमले एनडिसी तयार हुने बताए ।

उनले भने, ‘आजको कार्यक्रममार्फत आएका सुझावहरुलाई पनि एनडिसीमा समावेश गर्छ । सबैको साझा र विशेषगरी सबैको अपनत्व हुने किसिमले एनडिसी तयार हुनेछ । बिशेषगरी देशमा श्रमिकको क्षेत्र अत्यन्तै बढी छ यसलाई अनुकुलन बनाउँदै सन् २०४५ सम्ममा कार्वन उत्सर्जनलाई जिरोमा पुर्याउने महत्वकांक्षी लक्ष्य छ ।’