काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

इस्टर बम विस्फोटको वार्षिकोत्सवमा श्रीलङ्काका क्याथोलिकहरूद्वारा विरोध प्रदर्शन

1.66K
shares

श्रीलङ्काका क्याथोलिकहरूले सोमबार इस्टर बम विष्फोटको छैटौँ वार्षिकोत्सव मौन मार्च र न्यायको मागसहित मनाएका छन् ।

सन् २०१९ अप्रिल २१ मा तीन चर्च र तीनवटा होटललाई लक्षित गरी गरिएको बम विस्फोटको थुप्रै अनुसन्धानहरूले इस्लामिक स्टेट समूहसँग सम्बद्ध भएको दाबी गर्ने स्वदेशी जिहादीहरूले आक्रमण गरेको निष्कर्ष निकालेका थिए ।

यद्यपि यस मुलुकको क्याथोलिक चर्चले लगातारका सरकारहरूलाई आक्रमणको पछाडि रहेका मानिसहरूलाई जोगाएको आरोप लगाएको छ र धेरै उच्चस्तरीय अनुसन्धानहरूले सैन्य गुप्तचर एकाइहरू र बम विस्फोटकारीहरू बिचको सम्बन्ध पहिचान गरेको छ ।

श्रीलङ्काको चर्चका प्रमुख कार्डिनल माल्कम रञ्जितले राजधानी कोलम्बोमा मार्चको नेतृत्व गरे । मार्चमा उनले पीडितहरूका लागि बहु–धार्मिक समारोहको अध्यक्षता गरे जसमा ४५ विदेशी थिए ।

पीडितका सयौँ आफन्तले सेन्ट लुसिया क्याथेड्रलबाट नजिकैको सेन्ट एन्थोनी चर्चसम्म पदयात्रा गरे । त्यहाँ पहिलो आत्मघाती आक्रमण भएको थियो । देशभरका सबै रेडियो र टेलिभिजन च्यानलहरूले सम्मानको प्रतीकका रूपमा दुई मिनेटका लागि आफ्नो प्रसारण मौन गरे ।

भ्याटिकनले मारिएका एक सय ६७ क्याथोलिकलाई ‘आस्थाका साक्षीहरू’ का रूपमा मान्यता दिएको र उनीहरूलाई सम्भावित सन्तत्वको बाटोमा राखेको रञ्जितले घोषणा गरे । “यसको उद्देश्य साक्षीको स्मृतिलाई निरन्तर प्रचार र संरक्षण गर्नु हो”, उनले भने ।

राष्ट्रपति अनुरा कुमार दिसानायकेले वार्षिकीको पूर्वसन्ध्यामा सन् २०२१ को राष्ट्रपति जाँच आयोगको अन्तिम प्रतिवेदनको समीक्षा हुने बताइन । दिसानायकेको कार्यालयले आक्रमणमा संलग्नहरू विरुद्ध कारबाहीका लागि प्रहरीलाई प्रतिवेदन हस्तान्तरण गरिएको बताएको छ ।

चर्चका नेताहरूले राष्ट्रिय सुरक्षाको मञ्चमा अभियान चलाइरहेका सेवानिवृत्त सेना अधिकारी गोटाबाया राजपाक्षेको राजनीतिक सम्भावनालाई बलियो बनाउन सैन्य गुप्तचर अधिकारीहरूले बम विस्फोटको योजना बनाएको आरोप लगाएका छन् । राजपाक्षेले सात महिनापछि राष्ट्रपति पद जितेका छन ।

राजपाक्षेलाई सन् २०२२ जुलाईमा अभूतपूर्व आर्थिक सङ्कटका कारण खाद्यान्न, इन्धन र औषधिको अभाव भएपछि महिनौँको विरोध प्रदर्शनपछि पदबाट हटाइएको थियो ।