काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

1.96K
shares

एभरेष्ट बैंकको ऋणपत्र २०९१ नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सूचिकृत भएको छ । वैशाख ८ गते सोमबार एभरेष्ट बैैकको ऋणपत्र सूचिकृत भएको नेप्सेले जानकारी दिएको छ ।

बैंकको १० वर्ष अवधि र ७.५० प्रतिशत ब्याजदर भएको ऋणपत्र सूचिकृत भएको हो । एभरेष्ट बैंकको ऋणपत्र २०९१ अंकित चुक्ता मूल्य १ हजारको कुल ३०,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम ऋणपत्र सूचिकृत भएको हो ।

सूचीकरण सम्झौतासँगै बैंकको उक्त ऋणपत्र मंगलबारबाट दोस्रो बजारमा कारोबार हुनेछ । नेप्सेमा सूचिकृत भएको दोस्रो कारोबार दिनबाट कारोबार सुरु हुने व्यवस्था रहेको छ ।