global ime bank Long Banner Ad

गृहपृष्ठ ‘मानव कल्याणमा समर्पित हुन आवश्यक छ’

‘मानव कल्याणमा समर्पित हुन आवश्यक छ’

‘मानव कल्याणमा समर्पित हुन आवश्यक छ’

अन्तरराष्ट्रिय शान्तिवक्ता तथा लेखक प्रेम रावतले मानिसको जीवन अनमोल रहेकाले आफूभित्रको दया र करुणाका भावबाट मानव कल्याणमा समर्पित हुन आह्वान गरेको छ ।

आत्मज्ञान प्रचार सङ्घले रुपन्देहीको सैनामैना–७ स्थित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज आयोजित कार्यक्रममा यस्तो आह्वान गरेको हो । “मानिसको जीवन अनमोल छ र यो चोला फेरि पाइँदैन भन्ने कुरा सम्झाउनका लागि आएको हुँ । मानिसभित्र दया, माया र करुणाजस्ता धेरै राम्रा कुराहरू छन् । त्यसलाई मानव कल्याणमा समर्पित गर्नु आवश्यक छ”, रावतले भने ।

‘द प्रेम रावत फाउन्डेसन’ ९टिपिआरएफ० का संस्थापक उहाँले श्वासको मूल्यलाई नबुझेसम्म जीवन कति अमूल्य छ भन्ने बुझ्न कठिन हुने तर्क गरे ।

कार्यक्रममा नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट ठूलो सङ्ख्यामा शुभेच्छु र अनुयायीको सहभागिता रहेको संस्थाका सदस्य डा श्रीराम अधिकारीले जानकारी दिए । उनको आन्तरिक सुख र शान्तिसम्बन्धी व्यावहारिक सन्देश ११० भन्दा धेरै देशमा सुन्ने गरिन्छ ।

प्रतिष्ठानले नेपाल, भारत, घाना र दक्षिण अफ्रिकामा विपन्न वर्गका बालबालिका तथा अस्वस्थ वयस्कहरूलाई समेत पौष्टिक भोजन प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित समय : १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु