global ime bank Long Banner Ad

गृहपृष्ठ घाँसीकुवा संरक्षण गर्न ‘विकास प्रतिष्ठान’ गठन

घाँसीकुवा संरक्षण गर्न ‘विकास प्रतिष्ठान’ गठन

घाँसीकुवा संरक्षण गर्न ‘विकास प्रतिष्ठान’ गठन

बाल्यकालमा आदिकवि भानुभक्त आचार्य भोर्लेटारस्थित मामाकोघर जाँदा घाँसीकुवाले बनाएको व्यास नगरपालिका -७ सत्रसयमा पर्ने घाँसीकुवा संरक्षणका लागि आज ‘भानु-घाँसीकुवा क्षेत्र विकास प्रतिष्ठान’ गठन गरिएको छ ।

व्यास-७ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा गठित समितिको अध्यक्षमा रत्नमाया थापामगर रहेको छ । प्रतिष्ठानको उपाध्यक्षमा टीकाराम श्रेष्ठ, सचिवमा टेकबहादुर सुनार, सहसचिवमा पूर्ण विके, सदस्यहरूमा सन्तबहादुर रानामगर, धनमाया श्रेष्ठ, कोपिला थापा र मीना परियार रहेको छ ।

ओझेलमा परेको घाँसीकुवाको संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि विभिन्न निकायसँग हातेमालो गर्दै अघि बढ्न आफूहरूले घाँसीकुवा क्षेत्र विकास प्रतिष्ठान गठन गरेको नवनिर्वाचित अध्यक्ष थापामगरले बताए । लमजुङको मध्यनेपाल नगरपालिकाले भानुभक्त संवाद चौतारी भनेर प्रचारप्रसार गरेपनि संस्था नहुँदा उक्त घाँसीकुवाको विकासमा आफूहरू अग्रसर हुन नसकेको भनाइ छ ।

भानुभक्त र घाँसीकुवाको कथालाई प्रेरणाको रूपमा सबैतिर लिने चलन रहेको व्यास-७ का वडाध्यक्ष न्यौपानेले बताए । भानुभक्त मामाघरमा जाँदा व्यास -७ साँखुलीका खड्गबहादुर मगरले सत्रसयमा खनेको घाँसीकुवाको प्रचारप्रसारका लागि स्थानीयको अभियानमा आफूहरूको साथ रहने उल्लेख गरे ।

प्रकाशित समय : १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु