global ime bank Long Banner Ad

गृहपृष्ठ वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन

वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन

वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन

वर्षा बाधक बनेपछि नेपाल आइसिसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुन असफल भएको छ । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत आज अफगानिस्थानविरुद्धको खेल वर्षाका कारण हुन नहुनेपछि अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो ।

यहाँस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा आज बिहान साढे ९ बजे खेल हुने तालिका थियो । तर वर्षाका कारण खेल समयमै हुन सकेछ । पानीले भिजेको मैदान सुकाउने काम भए पनि समय अभावका कारण खेल हुन सकेन ।

आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण थियो । दुवै टोलीले प्रतियोगितामा समान तीन/तीन खेल जितेका थिए । वर्षाले खेल प्रभावित भएपछि दुवै टोलीले समान एक/एक अङ्क बाडेँ । दुवै टोलीसँग समान ७/७ अङ्क भएपनि रनरेटको आधारमा अफगानिस्तान विश्वकपमा छनोट भएको हो ।

आइसिसी यू–१९ क्रिकेट विश्वकप वर्ष सन् २०२६ मा जिमबाबे र नामिबियामा हुनेछ ।

प्रकाशित समय : १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु