global ime bank Long Banner Ad

गृहपृष्ठ ‘बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्ने’

‘बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्ने’

‘बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्ने’

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्नेमा जोड दिएको छ ।

लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध सम्पदा, संस्कृति र साहित्यको अध्ययन अनुसन्धान केन्द्र स्थापनाको लागि आयोजित अन्तरक्रियात्मक गोष्ठीको उद्घाटन गर्दै बुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्ने बताए ।

बुद्ध धर्म यस धर्ममा आस्था राख्नेको मात्र नभइ सबैका लागि एउटा दर्शन र सिद्धान्त रहेको उल्लेख गर्दै बुद्ध शिक्षा जीवनको नैतिक मार्गदर्शक भएको उल्लेख गरे । बुद्ध शिक्षाको अनुसरण र परिपालना गर्न जरुरी रहेको भन्दै बुद्धको सन्देशलाई आत्मसाथ गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

बौद्ध दर्शनको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यसहित २० वर्षअघि स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा रहेको प्रदेश प्रमुख भट्टको भनाइ छ । सानो संरचनाबाट विश्वविद्यालयको स्वरुप देखिने चरणमा आइपुगेकोमा खुसी व्यक्त गर्दै उहाँले विश्व आकर्षणको केन्द्र भएको लुम्बिनीमा स्थापना भएको विश्वविद्यालयले नेपालमै लुम्बिनी र बुद्धप्रतिको चासोलाई बढाएको उल्लेख गरे ।

बौद्ध दर्शन विश्वका धेरै विश्वविद्यालयमा अध्ययन अध्यापन हुने भए पनि बुद्ध भूमिमा बसेर बौद्ध दर्शन अध्ययन गर्न पाउनु सुखद अवसर रहने भनाइ छ । विश्वविद्यालयले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियानको थालनी गरेकोमा खुसी व्यक्त गर्दै  बुद्धलाई ढोग्न मात्रै होइन, ज्ञान आर्जनका लागि पनि लुम्बिनी आउनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको विश्वविद्यालयलाई प्रगतिको कामना गरे ।

गण्डकीमा केन्द्र स्थापना गरी बौद्ध दर्शनसम्बन्धी अध्ययन अध्यापन गराउने कार्यको स्वागत गर्दै गण्डकी प्रदेश सरकारले आवश्यक सहयोग, समन्वय गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु