गृहपृष्ठ बिमा प्राधिकरणले रोक्यो गार्डियन माइक्रो लाइफको साधारणसभा
बिमा प्राधिकरणले रोक्यो गार्डियन माइक्रो लाइफको साधारणसभा
नेपाल बिमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा रोकेको छ।
इन्स्योरेन्सले वैशाख ५ गते (भोलि)का लागि साधारणसभा बोलाएको थियो।
साधारणसभाको अन्तिम तयारीबीच प्राधिकरणको नियमन विभागले २ गते पत्र पठाउँदै तत्काल साधारणसभा नगर्न निर्देशन दिएको थियो।
प्राधिकरणको निर्देशनपछि शुक्रबार गर्ने भनिएको साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ।
प्रकाशित समय : १२:२६ बजे

















