गृहपृष्ठ शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्याउँछ: महामन्त्री थापा
शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्याउँछ: महामन्त्री थापा
बाराको बडहर्वामा बुधवार नेपाली कांग्रेस क्षेत्र नम्बर-३ ले आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा महामन्त्री गगन थापाले सम्बोधन गर्दै काठमाडौमा आन्दोलित शिक्षकलाई चाडो भन्दा चाडो कक्षाकोठामा फर्काउने जिम्मेवारी सरकारको रहेको बताए ।
शिक्षकका जायज मागहरु सरकारमा बसेकाले अनुमोदन गर्नु पर्ने बताए । समय मै देशभका शिक्षकलाई विधालयमा पठाइएने भने सार्वजनिक शिक्षालाई ठुलो क्षति पुर्याउन थापाले बताए ।
विधालय भर्नासंगै, एस ई ई का उतरपुस्तिका चेक गर्ने लगायत कक्षा १२ को परिक्षा प्रभावित हुने भएकोले यथासिघ्र शिक्षकको माग पुरा गर्नु पर्ने उनले जोड दिएका थिए ।
नेपाली नागरिकलाई हिजो एक लाख सम्मको बिमा हुन्थ्यो भने अब पाच लाख सम्मको हुन्छ । पहुच नभएका बिरामीलाई जटिल रोग किडनी, क्यान्सर उपचार गराउन घर घडेरी बेच्न नपरोस नेपाली कांग्रेसला जनतालाई यहा सम्म पुुर्याउनु पर्यो थापाको कथन रहेको छ ।
प्रकाशित समय : १०:२१ बजे


















