गृहपृष्ठ चार निर्माण कम्पनी कालोसूचीमा
चार निर्माण कम्पनी कालोसूचीमा
सरकारले चार वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसको आधारमा चारवटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई निश्चित समयका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो ।
कार्यालयले बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि र त्यसका मुख्य व्यक्ति छिरिङ लामा डोङ र पम्बर लामालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।
मकवानपुरको हटिया–१ ठेगाना रहेको एस.एम कन्स्ट्रक्सन र त्यसका मुख्य व्यक्ति सहदेव गौतमलाई १ वर्ष ६ महिना कालोसूचीमा राखिएको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका–४ स्थित राना फर्निचर सःमिल उद्योग र त्यसका मुख्य व्यक्ति सुकु राना मगरलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।
प्रकाशित समय : १०:१६ बजे


















