गृहपृष्ठ सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ नेपालको ७ प्रदेशमा
सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ नेपालको ७ प्रदेशमा
देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीले ‘फुटबल फर फ्युचर’सञ्चालनमा ल्याएको छ।
सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौं किकर्सको सहकार्यमा निशुल्क ‘फुटबल फर फ्युचर – देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’ सञ्चालनमा ल्याएको हो।
कार्यक्रमको पहिलो चरण धरानबाट सुरू गरिएको थियो। त्यहाँ ८४ जना स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाएका थिए। त्यस्नै जनकनन्दनीमा भएको प्रशिक्षण शिविरमा ९० भन्दा बढीको सहभागिता रहेको थियो।
प्रकाशित समय : १०:०९ बजे


















