global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बीवाईडी ईभीको ब्याट्रीसहित गाडीमा पनि थपियो वारेन्टी

बीवाईडी ईभीको ब्याट्रीसहित गाडीमा पनि थपियो वारेन्टी

बीवाईडी ईभीको ब्याट्रीसहित गाडीमा पनि थपियो वारेन्टी

बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी) मा व्यापक विस्तारित वारेन्टी नीति अर्थात् कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागु गर्ने घोषणा गरेको छ ।

ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने छ । बीवाईडीका एडभान्स इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउने भएको हो ।

वारेन्टीअन्तर्गत निम्न कभरेज उपलब्ध हुनेछन्:

ब्याट्री वारेन्टी: पहिले उपलब्ध ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्‍याइएको छ । यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज हो ।

मोटर वारेन्टी: ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्‍याइएको छ । यसले हाम्रा मूल्यवान ग्राहकहरूमा लामो समय सम्म मानसिक शान्ति सुनिश्चित गर्नेछ ।

होल भेइकल वारेन्टी: लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्ट लगायतका कम्पोनेन्टमा हाल उपलब्ध ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर पुर्‍याइएको छ ।

जनरल भेइकल पार्ट्स वारेन्टी: अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटर लगायतका विभिन्न पार्ट्स वाहेकका सबै भेइकल पार्ट्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७.५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटर पुर्‍याइएको छ ।

यो एक्सटेन्डेड वारेन्टी नीतिले बीवाईडी ईभीको टिकाउपना, राम्रो पर्फमेन्स र विश्वसनीयताप्रतिको बलियो विश्वासलाई झल्काउँछ । ग्राहकलाई एउटा विश्वासको अनुपम भावना र दीर्घकालीन आश्वासन प्रदान गर्ने गरी यसको डिजाइन गरिएको छ, जसले ईभीको अपनत्वलाई एउटा तनावरहित अनुभव प्रदान गर्नेछ ।

 

प्रकाशित समय : १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु