global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

आईसीसी यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ।

बुधवार भएको तेस्रो खेलमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान नरेन भट्ट ३९ र शाहील पटेलले ४२ रनको अविजित इनिङ खेले ।

त्यसअघि मुलपानी क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा ११५ रनमा समेटिएको थियो । हङकङलाई सस्तोमा समेट्न नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिएका थिए ।

बिपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट झारेका थिए । ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाएका थिए ।

नेपालले पहिलो खेलमा युएईलाई ५ रन र दोस्रो खेलमा ओमनलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले अन्तिम खेल अफगानिस्तानसंग खेल्नेछ ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु