गृहपृष्ठ सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्यो
सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्यो
सरकारले चालु आर्थिक वर्षको ९ महिनामा करिब ५८ प्रतिशत राजस्व संकलन गरेको छ।
बजेट वक्तव्यमा १४ खर्ब १९ अर्ब संकलन गर्ने लक्ष्य राखिएकोमा नौ महिनामा ८ खर्ब २१ अर्ब रुपैयाँ राजस्व संकलन भएको हो।
राजस्वबा६ ७ खर्ब ३४ अर्ब रुपैयाँ संकलन हुँदा गैरकर राजस्वबा६ ८ अर्ब ७० करोड रुपैयाँ संकलन भएको छ। अनुदान वापत १४ अर्ब २६ करोड रुपैयाँ बजेटरी साहायताको रुपमा भित्रिएको छ।
त्यस्तै १८ खर्ब ६० अर्ब रुपैयाँको कुल खर्चमध्ये ९ खर्ब ९३ अर्ब रुपैयाँ खर्च भएको छ। अर्धवार्षिक समीक्षा मार्फत १६ खर्ब ९० अर्ब रुपैयाँ खर्च भएको छ।
चालु खर्चमा ६ खर्ब ७४ अर्ब रुपैयाँ र पूँजीगत खर्च ३ खर्ब ५२ अर्बमध्ये १ खर्ब १ अर्ब रुपैयाँ खर्च भएको छ। चालु खर्च ५९.१३ प्रतिशत र पूँजीगततर्फ २८.८ प्रतिशत मात्रै खर्च भएको छ।
सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ६७ अर्ब रुपैयाँ खर्च गर्ने भनेको थियो। त्यसमध्ये २ खर्ब १७ अर्ब रुपैयाँ खर्च भैसकेको छ। सरकारले लक्ष्यको सबैभन्दा बढी अनिवार्य दायित्वमा पर्ने साँवा ब्याज भुक्तानी गर्न ५९.२३ प्रतिशत भएको छ।
प्रकाशित समय : १२:४५ बजे




















