global ime bank Long Banner Ad

गृहपृष्ठ हात नभएको योसिद्य उठाइयो, साँझ ५५ हात लामो योसिद्यः ठड्याइँदै

हात नभएको योसिद्य उठाइयो, साँझ ५५ हात लामो योसिद्यः ठड्याइँदै

हात नभएको योसिद्य उठाइयो, साँझ ५५ हात लामो योसिद्यः ठड्याइँदै भादगाउँ आसपासको दृश्य दमौली (तनहुँ), २५ साउन : तनहुँको व्यास नगरपालिका–१ माइलीडॉडाबाट देखिएको भादगाउँ लगायत आसपासको दृश्य । दमौली सदरमुकामको नजिक रहेको यस ठाउँमा जनघनत्व बढ्दो छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
भादगाउँको प्रसिद्घ बिस्का जात्राको चौथो दिन आइतबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिद्यः (हात नभएको लिङ्गो) ठड्याइएको छ ।
त्यसैगरी आज साँझ यसीँख्यमा ५५ हात लामो योसिद्यः ठड्याइँदै छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने  यो सिद्यःकोे टुप्पोमा प्रसादको रुपमा हरियो घाँस र फूल राखिन्छ ।
प्रत्येक वर्ष चैत्र मसान्तका दिन  योसिद्यः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्राअन्तर्गत योसिद्यःको जात्रा सम्पन्न हुन्छ ।
योसिद्यःलाई वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ । जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थानले जनाएको छ ।

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु