गृहपृष्ठ समाजसेवी खतिवडा सम्मानित
समाजसेवी खतिवडा सम्मानित
‘दुर्गा दाहाल स्मृतिकोष व्यवस्थापन समिति, धनकुटा’ले समाजसेवी शम्भुप्रसाद खतिवडालाई दश हजार १०० राशिसहित सम्मान गरेको छ ।
समाजसेवी, राजनीतिज्ञ र शैक्षिक एवं सहकारी अभियान्ता दुर्गा दाहालको ७३औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले उनलाई सम्मान गरे ।
धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ मा जन्मनु भएका खतिवडालाई अध्ययन, अनुसन्धान, लेखन तथा समाजसेवाका माध्यमबाट समाज र मुलुकको शैक्षिक उन्नयनमा उल्लेखनीय योगदान पु-याएबापत सम्मान गरिएको हो ।
समितिले यसअघि समाजसेवीहरु रामबहादुर देउवा, फणीन्द्र बराल, शिवकुमार श्रेष्ठ, भद्रमान घले, टीकाप्रसाद लामिछाने, गोपाल गुरागाईं, केशव पोखरेल, अगमबहादुर थापा र डम्बरध्वज चेम्जोङ सम्मान गरेको थियो ।
अध्यक्ष पराजुलीले स्वर्गीय दाहालले शिक्षा र समाजसेवाको माध्यमबाट समाजमा पु-याएको योगदानको चर्चा गरे ।
राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सिद्धराज राईले भने, “ दुर्गा सर आफ्नो जिम्मेवारीप्रति जिम्मेवार हुनुहुन्थ्यो, आफ्नो जिम्मेवारी इमान्दारिका साथ पूरा गर्नुहुन्थ्यो, उहाँका ती गुण हामीले सिक्न जरुरी छ ।”
प्रकाशित समय : १८:१० बजे