global ime bank Long Banner Ad

गृहपृष्ठ चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई

चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई

चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई

हङकङमा सम्पन्न चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतले हात पारेको छ । आज भएको फाइनलमा नेपाललाई तीन रनले हराउँदै कुवेतले उपाधि हात पारेको होे ।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमा सीमित बन्यो । नेपालका लागि बसिर अहमदले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै ८० रन बनाए । यस्तै, नन्दन यादवले ३७ र आसिफ शेखले २१ रन भने अन्य कुनै पनि खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् ।

कुवेतका लागि अनुदीप चेन्थमाराले सर्वाधिक तीन विकेट लिए । यस्तै, यासिन पटेल र नवीनराज राजेन्द्रनले समान दुर्ई/दुई विकेट हात पार्दा मोहम्मद शफीक र मोहम्मद असलमले पनि समान एक/एक विकेट लिए ।

हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो । कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारि खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्धतले सर्वाधिक ६३ रन बनाए । यस्तै, क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए । अन्य कुनै खेलाडीले दोेहोरो अंकको रन जोेड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई÷दुई विकेट लिँदा करण के।सी र कुशल भुर्तेलले एक÷एक विकेट हात पारेका थिए ।

प्रकाशित समय : १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु