global ime bank Long Banner Ad

गृहपृष्ठ अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने

अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने

अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने

शिक्षक संगठन पछि निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने भएका छन् ।

निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूले सरकारसमक्ष १० बुँदे माग अघि सारेर आन्दोलनमा उत्रने चेतावनी दिएका हुन ।

आज काठमाडौंमा एक पत्रकार सम्मेलन गरी ६ वटा ठुला साना संगठनले निजामती क्षेत्रका माग अबिलम्ब पूरा नगरे चरणवद्ध आन्दोलनको चेतावनी दिएका हुन । यसअघिका मागसमेत जोडेर उनीहरूले चरणबद्द आन्दोलनमा जाने घोषणा गरेका हुन् ।

यसरी आन्दोलनको चेतावनी दिनमो नेपाल निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र मधेशी कर्मचारी मञ्च रहेका छन ।

निजामती सेवा ऐन निर्माण प्रक्रियामा सरोकारवाला पक्षको अर्थपूर्ण छलफल हुनुपर्ने र समग्र कर्मचारीको साझा हित हुनुपर्ने उनीहरूको भनाइ छ ।

प्रकाशित समय : १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु