काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

स्वदेश फर्किए सभामुख घिमिरे

1.78K
shares

अन्तरव्यवस्थापिका संघको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी भएर सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन्।

सभामुख घिमिरेसहितको नेपाली प्रतिनिधिमण्डल उज्वेकिस्तानको तास्केन्टमा सम्पन्न सम्मेलनमा सहभागी भएर बिहीबार अपराह्न काठमाडौं अवतरण गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि सभामुख घिमिरेले उज्वेकिस्तान भ्रमण फलदायी रहेको बताए ।

उनका अनुसार अन्तरव्यवस्थापिका संघको सभामा सामाजिक विकास, न्यायमा संसदको पहल, समसामयिक विश्व राजनीति र सामाजिक असमानताका विषयमा गम्भीर छलफल भएको थियो। सभालाई सम्बोधन गर्दै उनले नेपालले भोगिरहेका समस्या र समावेशिताको अभ्यासबारे विश्वसमक्ष अनुभव प्रस्तुत गरेको जानकारी गराए । सभामुखका अनुसार वार्षिक सभाले विशेष गरी मध्यपूर्व क्षेत्रमा भइरहेको युद्ध अन्त्य गर्न दुई राष्ट्रको अवधारणा स्वीकारेर इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वलाई शान्तिपूर्ण ढंगबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ।