रास्वपाको सचिवालय बैठक आज बस्दै
वि.सं.२०८१ चैत २७ बुधवार १०:०९
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बुधबार) सचिवालय बैठक राख्दै छ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा सभापति लामिछाने जेल चलान भएको २ दिनपछि रास्वपाले सचिवालय बैठक राख्न लागेको हो।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थुनामै राख्न आदेश दिएपछि पूर्वगृहमन्त्री लामिछाने चैत २२ गते काठमाडौँस्थित निवासबाटै पक्राउ परेका थिए भने चैत २५ गते जिल्ला अदालत रुपन्देहीमा पेस गरी थुनुवा पुर्जी लिएर उनलाई कारागार चलान गरिएको हो।
त्यसको २ दिनपछि आज चैत २७ गते रास्वपाले नयाँ निर्णय गर्न भनी सचिवालय बैठक राख्न लागेको हो।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार बैठक अपराह्न ४ बजे केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।






















