global ime bank Long Banner Ad

गृहपृष्ठ जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न पाकिस्तान सरकारको प्रतिबद्धता

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न पाकिस्तान सरकारको प्रतिबद्धता

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न पाकिस्तान सरकारको प्रतिबद्धता

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले हिमनदी संरक्षण र जलस्रोतको संरक्षणका लागि जोड दिएका छन ।

शरीफले आफ्नो सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै विश्व पानी दिवस सन् २०२५ का सन्दर्भमा ताजा पानीको आपूर्ति कायम राख्न हिमनदीहरूको महत्त्वपूर्ण भूमिका र यस महत्त्वपूर्ण स्रोतको संरक्षणमा पाकिस्तानले सामना गर्ने चुनौती बारे भने, “पानी जीवनको आधारशिला हो, हाम्रो अर्थतन्त्र, खाद्य प्रणाली र वातावरणको लागि आवश्यक छ ।”

उनले पाकिस्तानको बढ्दो पानीको चुनौतीलाई प्रकाश पार्दै देश हिमनदी र जलस्रोतमा धेरै निर्भर रहेको बताए । जलवायु परिवर्तन र मानवीय हस्तक्षेपले विश्वका हिमनदी पग्लने र तालहरू सुक्ने क्रम बढेको छ ।

“सन् २०२२ को विनाशकारी बाढीको प्रभाव दिर्घकालीन हुनेछ, जसले सिँचाइ प्रणालीमा ठूलो क्षति पु-याउने र लाखौँ मानिसको जीवन र जीविकोपार्जनमा बाधा पु-याउनेछ,” उनले बताए ।

जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेका दश देशमध्येको एक पाकिस्तानको औसत तापक्रम विश्वव्यापी औसतभन्दा छिटो बढ्ने अनुमान गरिएको छ, जसले पानीसम्बन्धी चुनौतिहरू थप बढाउने प्रधानमन्त्रीले उल्लेख गरे ।

शरीफले जल स्रोतको महत्त्वलाई जोड दिँदै जल सन्धिको प्रभावकारी कार्यान्वयनको लागि आह्वान गरे ।

उनले जलवायु–प्रेरित बाढीको जोखिम कम गर्ने र इकोसिस्टममा आधारित अनुकूलन मार्फत खडेरीको प्रभावलाई कम गर्ने लक्ष्य राखेको सरकारको ‘रिचार्ज पाकिस्तान’ पहलबारे प्रकाश पारे । यसले जलवायु–प्रेरित बाढीको जोखिम कम गर्ने र इकोसिस्टममा आधारित अनुकूलन मार्फत खडेरीको प्रभावलाई कम गर्ने लक्ष्य राखेको छ ।

शरीफले दिगो, पानी–सुरक्षित भविष्यप्रति पाकिस्तानको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै हिमनदीहरूको संरक्षण र जलस्रोतको संरक्षण गर्न सामूहिक कार्य गर्न आग्रह गरे ।

प्रकाशित समय : १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु