काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने समय थप

2.24K
shares

जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै कार्यालयको सेवा प्रवाहको समय थप गरेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राख्दै यही चैत ५ गतेदेखि बिहान ७ः३० बजेदेखि बेलुका ७ बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको काम हुने जानकारी दिए ।

कार्यालयले उक्त सेवा बिदाको दिनबाहेक कार्यालय खुल्ने दिनमा पनि प्रदान गर्ने जनाएको छ । यस अघि यो सेवा बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।