काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सिन्धुपाल्चोकका महिलाको टोली ‘द ग्रेट हिमालयन ट्रेल’ पदयात्रामा

1.74K
shares

नेपाललाई साहसिक पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले सिन्धुपाल्चोकका महिलाको एक टोली ‘द ग्रेट हिमालयन ट्रेल’ ९जिएचटी० को पद्यात्राका लागि ताप्लेजुङ आइपुगेको छ ।

कूल १३ सदस्यीय टोली सिन्धुपाल्चोकबाट यात्रा प्रारम्भ गर्न ताप्लेजुङ आइपुगेको हो । आइतबार पाथीभराको दर्शन गरेपछि टोली आज बिहान सदरमुकाम फुङ्लिङबाट फक्ताङलुङ गाउँपालिकातर्फ प्रस्थान गरेको छ । टोलीमा १९ वर्षीया सिन्धुपाल्चोककी प्रमिता सापकोटा र ६५ वर्षीय दाङका सुन्दरकुमार चौधरीसमेत सहभागी रहेका छन् । टोलीमा १२ जना महिला छन् ।

पदयात्रा टोलीका नेतृत्वकर्ता माया गुरुङले आज फक्ताङलुङ गाउँपालिका अध्यक्षसँग भेट गरी पर्यटन प्रवद्र्धनका सम्भावनाबारे छलफल गर्ने बताए । नेपाली महिलाको साहसिक पर्यटनमा सहभागिता अभिवृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने लक्ष्यका साथ पदयात्रा सुरु गरिएको उनले जानकारी दिए ।

एक सय दिनको यात्रामा टोलीले हिमाली पदमार्ग पार गर्दै नेपालको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको प्रचार गर्नेछ । पदयात्राका लागि प्रत्येक सदस्यले अनुमानित १५ लाख खर्च गर्ने बताइएको छ । पदयात्रामा ११ जना सहयोगी छन् ।

पदयात्रामा सिन्धुपाल्चोककै सङ्गीता विश्वकर्मा, दीपा लामिछाने, शान्ति थिङ तामाङ, सरस्वती तामाङ, रञ्जिता लामा, वर्षा विक, सङ्गीता तामाङ, प्रमिता सापकोटा, सृष्टि तामाङ, मनमायामा तामाङ र अनिशा श्रेष्ठ छन् । टोलीलाई आज बिहान स्थानीय होटल व्यवसायीले स्वागत तथा बिदाइ गरेका थिए । नेपाललाई साहसिक पदयात्राको केन्द्रविन्दु बनाउन महिलाको सहभागितासहितको यस्तो पहल प्रेरणादायी कदम बन्ने होटल व्यवसायीहरूले बताएका छन् ।