गृहपृष्ठ वर्ल्ड रिसाइक्लिङ डे मनाउँदै खालिसिसि र कोका-कोला बेभरेजेज नेपालद्वारा ध्इध् परियोजनाको सफलताको घोषणा
वर्ल्ड रिसाइक्लिङ डे मनाउँदै खालिसिसि र कोका-कोला बेभरेजेज नेपालद्वारा ध्इध् परियोजनाको सफलताको घोषणा
वर्ल्ड रिसाइक्लिङ डेको अवसरमा खालिसिसि र कोका-कोला बेभरेजेज नेपालले WOW (Well-being Out of Waste) परियोजनाको एक वर्ष पूरा भएको घोषणा गरेका छन् । यो परियोजनाले नेपालमा दिगो विकास, महिला सशक्तीकरण र फोहोर व्यवस्थापनमा उल्लेखनीय योगदान पुऱ्याउँदै आएको छ ।
फेब्रुअरी २०२४ मा सुरु भएको उक्त परियोजनाले १,४४,००० के.जी. PET बोतलहरूलाई ल्यान्डफिलमा जानबाट जोगाएर तिनलाई पुनः उपयोगी स्रोतका रुपमा परिणत गरेको छ । यस परियोजना अन्तर्गत बुढानीलकण्ठमा मटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ) स्थापना गरिएको छ जहाँ ट्रान्सफर स्टेसन, फोहोर संकलन केन्द्रहरू, फुटसल ग्राउन्ड, रेस्टुरेन्ट लगायत विभिन्न स्रोतहरूबाट ल्याइएका एभ्त् बोतलहरू संकलन गर्ने र छान्ने काम गरिन्छ । एमआरएफमा रहेको बेलिङ मेसिनको क्षमता प्रति दिन १ टन रहेको छ जसले एभ्त् बोतलहरुलाई बन्डल बनाउँछ र उक्त बोतलहरु नवपरासी स्थित एभ्त् रिसाइकलरमा पठाउने काम गरिन्छ । त्यहाँ बोतलहरुलाई फ्लेक्समा परिणत गरिन्छ जसलाई पुनःप्रक्रिया गरी पोलिएस्टर स्टेपल फाइबर जस्ता सामग्रीमा रूपान्तरण गरिन्छ ।
PET परियोजना केवल फोहोर व्यवस्थापनको विषय होइन, यो सामाजिक समानता र दिगोपनको यात्राको सहयात्री समेत हो,” खालिसिसिका सीईओ अमुन थापाले परियोजनाबारे बोल्दै भने । महिला तथा फोहोर व्यवस्थापनमा संलग्न मजदुरहरूलाई सशक्त बनाउँदै हामी फोहोरलाई अवसरमा बदल्दैछौं ।
बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले पनि आफ्नो विचार राख्दै, ‘हामी सफा बुढानीलकण्ठ पहल’ अन्तर्गत हरियाली र सफा सहर बनाउने लक्ष्यमा छौं । ध्इध् परियोजना हाम्रो अभियानलाई मजबुत बनाउने महत्वपूर्ण कोसेढुंगा बन्ने विश्वास हामीले गरेका छौं। यस परियोजनाले सर्कुलर इकोनोमीको अवधारणालाई अघि बढाउँदै फोहोरमुक्त बुढानीलकण्ठ निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।
PET परियोजना आर्थिक सशक्तीकरणमा केन्द्रित रहेको छ । ८०५ महिलाहरू (३५ महिला) संलग्न रहेको यस परियोजनाले महिलाहरूलाई फोहोर व्यवस्थापन क्षेत्रमा स्थान दिने कार्य गरिरहेको छ । साथै ५० जना अनौपचारिक फोहोर संकलनकर्ताहरू (खालिसिसि फ्रेन्ड्स) लाई गल्ली म्याप्स न्याभिगेसन, डिजिटल साक्षरता, बैंकिङ र सामाजिक सञ्जालको प्रयोगबारे तालिम प्रदान गरिएको छ जसले उनीहरुको आर्थिक आत्मनिर्भरता र जीवनस्तर उकास्ने अवसर प्रदान गरिरहेको छ ।
कोका-कोला बेभरेजेज नेपालका पब्लिक अफेयर्स, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारीले पनि बोल्दै भन्नुभयो, “हामीले दिगो व्यापार अभ्यासमार्फत सकरात्मक परिवर्तन ल्याउने लक्ष्य राख्छौं । ध्इध् परियोजना फोहोर व्यवस्थापन सुधार गर्ने र समुदायलाई सशक्त बनाउने हाम्रो साझा प्रतिबद्धताको प्रमाण पनि हो ।
यस परियोजना अन्तर्गत एमआरएफको साथमा २० वटा संकलन केन्द्रहरू, खेलकुद केन्द्र, विद्यालय, कलेज तथा सार्वजनिक कार्यालयहरू स्थापना गरिएको छ जसले जिम्मेवार फोहोर व्यवस्थापन र पुनःप्रयोग गर्ने बानी बसाल्न मद्दत गर्नेछ । नेपालका युवाहरूलाई रिसाइकल गर्ने बानी बसाल्न प्रेरित गर्दै यस अभियानले दीगो भविष्यको निर्माणतर्फ महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरुको रहेको छ ।
प्रकाशित समय : १५:१४ बजे



















