global ime bank Long Banner Ad

गृहपृष्ठ पुलिसले सुदूरपश्चिमलाई दियो १६१ रनको विजयी लक्ष्य

पुलिसले सुदूरपश्चिमलाई दियो १६१ रनको विजयी लक्ष्य

पुलिसले सुदूरपश्चिमलाई दियो १६१ रनको विजयी लक्ष्य

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई १६१ रनको विजयी लक्ष्य दिएको छ सिद्धार्थनगरस्थित, सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस ४७ ओभरमा अलआउट हुँदै १६० रन बनाएको हो।

पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४२ रन बनाए। उनले ४७ बलमा ५ चौका प्रहार गर्दै क्याच आउट भएका हुन्।

ओपनर अर्जुन साउद २ रन र अर्का ओपनर कुशल भुर्तेल डक आउट हुँदा अमित श्रेष्ठले १८ रन बनाए। पुलिसका भरपर्दा मिडलअर्डर ब्याटर आरिफ शेखले सुदूरपश्चिमविरुद्ध ४० रनको पारी खेल्दै प्रधानमन्त्री कपमा १ हजार रन पूरा गर्ने खेलाडीको सुचीमा आफ्नो नाम दर्ता गराएका छन्। उनी प्रधानमन्त्री कप क्रिकेटमा १ हजार रन पूरा गर्ने छैटौं खेलाडी हुन्।

दिलिप नाथले १९ रन सागर ढकालले २२ रन बनाए। अन्य कुनै पनि ब्याटरको ब्याटबाट दोहोरो अंकमा रन बन्न सकेन। सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले सर्वाधिक ४ विकेट लिए। भोजराज भट्टले ३ विकेट लिँदा शेर मल्लले २ र हेमन्त धामीले १ विकेट लिए।

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु