गृहपृष्ठ उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु

उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु

उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु

उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी हुदा ५१ जनाको मृत्य भएको छ । आगलागीमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएको बिबिसीले उल्लेख गरेको छ ।

देशको पूर्वी भागमा रहेको कोकानी शहरमा रहेको पल्स क्लबमा आगलागी भएको बताइएको छ । यो ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरूमा आगो र धुवाँले भरिएको एउटा भवन देखिन्छ ।

प्राप्त जानकारी अनुसार स्थानीय समय अनुसार आइतबार बिहान करिब ३ बजे आगलागी भएको थियो । यो दुर्घटना ब्यान्ड एडीएनको प्रस्तुतिको क्रममा भएको थियो ।

यस ठाउँबाट धेरै घण्टासम्म आगोको ज्वाला उठिरह्यो । उक्त समारोहमा करिब १,५०० जना उपस्थित भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले आगलागी आतिशबाजी उपकरणहरूबाट भएको हुन सक्ने बताएका छन्।

प्रकाशित समय : १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु