गृहपृष्ठ माओवादी सरकारमा जाँदैछ भन्ने हल्लाको प्रचण्डको सचिवालयको खण्डन

माओवादी सरकारमा जाँदैछ भन्ने हल्लाको प्रचण्डको सचिवालयको खण्डन

माओवादी सरकारमा जाँदैछ भन्ने हल्लाको प्रचण्डको सचिवालयको खण्डन राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर ः रत्न श्रेष्ठ / रासस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पार्टी सरकारमा जाँदैछ भनेर हल्लाको खण्डन गरेको छ ।

सामाजिक सञ्जाल र केहि मिडियामा माओवादी केन्द्र सरकारमा जादै छ भन्ने चर्चा हुन थालेपछि प्रचण्डको सचिवालयले माओवादी अहिले सरकारमा नजाने स्पष्ट गरेको हो ।

सचिवालयले भनेको छ 

भ्रष्टाचार बिरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर-घरमा गई जनतासंग हातेमालो गर्दै अघि बढिरहेको हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी (केन्द्र) को अभियानबाट आत्तिएर हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले माओवादी केन्द्र पनि सरकारमा जॉदैछु भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाईएको रहेछ, यसमा बिल्कुलै सत्यता छैन। हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको जानकारी गरॉउदछौ ।

प्रकाशित समय : १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु