गृहपृष्ठ ‘तथ्यमा आधारित विषयमा मात्रै कलम चलाउन जरूरी’
‘तथ्यमा आधारित विषयमा मात्रै कलम चलाउन जरूरी’
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारले तथ्यमा आधारित उत्साहित हुने विषयमा कलम चलाउनुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ कर्णालीले प्रदेशका पत्रकार महिलाहरूको लागि गरेको तिन दिने तालिमको उद्घाटनमा उनले प्रदेश सरकारले पत्रकारका लागि ल्याएका कार्यक्रमलाई सदुपयोग गर्नुपर्ने सुझाव दिए ।
पत्रकार महिलाहरूको लागि व्यावसायिक र जवाफदेही पत्रकारितामा लैङ्गिक संवेदनशीलतासम्बन्धी तिन दिने तालिम शुक्रबारबाट वीरेन्द्रनगरमा सुरु भएको छ ।
प्रकाशित समय : १२:२३ बजे


















