गृहपृष्ठ प्रचण्डले आज संसदमा सम्बोधन गर्ने
प्रचण्डले आज संसदमा सम्बोधन गर्ने
प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार संसदमा सम्बोधन गर्ने भएका छन्।
माओवादी केन्द्रका सांसद माधव सापकोटाका अनुसार दिउँसो बस्ने बैठकमा दाहालले देशको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा संसदमा आफ्ना कुरा राख्ने भएका हुन्।
आइतबार राजतन्त्र पुनर्स्थापना पक्षधरहरूले काठमाडौँमा प्रदर्शन गरेपछि राजनीतिक दलहरू सशंकित भएका छन्।
सोमबार बसेको माओवादी केन्द्रको बैठक र समाजवादी मोर्चाको बैठकले कांग्रेस एमाले नेतृत्वको सरकारको गलत रवैयाका कारण राजतन्त्र पुनर्स्थापना पक्षधरहरू बलियो भएको निष्कर्ष निकालेको थियो।
प्रकाशित समय : ११:०१ बजे




















