global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज बस्दै

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज बस्दै

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज बस्दै

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित गर्न आज मंगलबार वार्षिक साधारण सभा बस्दैछ ।

साधारण सभामा गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । फागुन १४ गतेसम्म सेयर किनेका लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । सभा बानेश्वर अनमोल ब्यांकेट शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

प्रकाशित समय : ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु