गृहपृष्ठ रोनाल्डोको पेनाल्टी गोलमा अल-नासरको सहज जित
रोनाल्डोको पेनाल्टी गोलमा अल-नासरको सहज जित
अन्तिम–१६ को दोस्रो लेगमा इरानी क्लब एस्तेघलाल एफसीविरुद्ध ३–० को जित निकाल्दै साउदी अरेबियन क्लब अल-नासर एएफसी च्याम्पियन्स लिग एलिटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार राति अल अवाल पार्कमा घरेलु टोली अल नासरलाई जित दिलाउन जोन डुरानले दुई तथा कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।
खेलको नवौं मिनेटमा डुरानको गोलमार्फत अल नासरले अग्रता लिएको थियो । २७औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पोर्चुगिज सुपरस्टार रोनाल्डोको प्रतियोगितामा यो सातौं गोल हो ।
मेहरान अहमदीले पहिलो हाफको इन्जुरी समयमा दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि एस्तेघलाल १० खेलाडीमा सीमित भयो ।
प्रकाशित समय : १०:५६ बजे




















