global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बेथानचोकले सुरु गर्‍यो क्षतिग्रस्त सडकको पुनर्निर्माण

बेथानचोकले सुरु गर्‍यो क्षतिग्रस्त सडकको पुनर्निर्माण

बेथानचोकले सुरु गर्‍यो क्षतिग्रस्त सडकको पुनर्निर्माण

गत असोज दास्रो साताको बाढीपहिराले पक्की सडक क्षतिग्रस्त भएपछि काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले आफ्नै स्रोतबाट आजदेखि सडक पुनर्निर्माण सुरु गरेको छ ।

आज एक कार्यक्रमका बीच गाउँपालिकाको ४ नं वडास्थित सल्लाफेदबाट २ नं वडाको गेल्डुङ बजारसम्मको सडकखण्ड पुनर्निर्माण थालिएको हो । गाउँपालिकाको विशेष सभाले अन्य शीषर्कमा विनियोजित रकम कटौती गर्दै तत्कालका लागि मुख्य सडक निर्माण गर्ने निर्णयअनुसार उक्त सडकखण्डको पुनर्निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए।

उनका अनुसार उकालो र अत्यन्तै जोखिम रहेको सलान्दु खोला–बगरमाथिको उकालो र पार्थलीदेखि गेल्ढुङ बजार पुग्ने सडकको बीचबीचका खण्डलाई स्थायी रूपमा नै मर्मत गर्ने गरी पुनर्निर्माण सुरु गरिएको हो । गाउँपालिकाद्वारा तीन वडास्थित सडकका लागि विनियोजन गरेको  १० करोडमार्फत उक्त सडक पुनर्निर्माण गरिने अध्यक्ष अधिकारीले जानकारी दिए। गाउँपालिकाको प्रवेशमार्ग पाटीखर्कबाट सल्लाफेदसम्मको सडकखण्ड भने सङ्घ र प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण हुने उनले बताए।

सल्लाफेद–पार्थली–गेल्ढुङ सडक खण्डका लागि पाँच करोड, भन्ज्याङ–गोलगाउँ–भुग्देउ–मेदान्सुअन्र्तगत तिप्चोक–पार्थली सडकखण्ड दुई करोड ५० लाख र दाहाल भन्ज्याङ्ग क्षेत्रको सडकखण्डका लागि दुई करोड ५० लाख रकम विनियोजन गरिएको थियो । तीनवटै सडक निर्माण व्यवसायीमार्फत निर्माण गर्नेगरी चार करोड ९८ लाख आठ हजार ५६ मा सम्झौता गरिएको छ ।

गाउँपालिकाको अन्य दुईवटा सडक पुनर्निर्माणका लागि प्रदेशको समपुरक बजेट समावेश गरिएको जनाइयो । मानवबस्ती जोगाउने, नियमित सडक सञ्चालन गर्ने र सडक संरक्षणका लागि आवश्यकीय पर्खाल लगाउने कामलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

सङ्घीय सरकारले भने पाटीखर्क–ढुङ्खर्क सडक निर्माणका लागि १० करोड विनियोजन गर्ने आश्वासन दिएको अध्यक्ष अधिकारीले जानकारी दिए।

प्रकाशित समय : २२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु