global ime bank Long Banner Ad

गृहपृष्ठ दिगो वन व्यवस्थापन सुदृढीकरणका लागि तालिम

दिगो वन व्यवस्थापन सुदृढीकरणका लागि तालिम

दिगो वन व्यवस्थापन सुदृढीकरणका लागि तालिम

डिभिजन वन कार्यलयले दिगो वन व्यवस्थापन तथा संवद्र्धन प्रणाली सुदृढीकरणका लागि यहाँका छवटा सब–डिभिजन कार्यालय र १० सामुदायिक वनका गरी ३० कर्मचारीलाई तीनदिने तालिम दिन सुरु गरेको छ ।

आजदेखि सुरु भएको तालिमको डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले उद्घाटन गर्दै वनको अवस्था सुधार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए।“सचेतापूर्वक वन क्षेत्रको उपभोग गर्न र भावी पुस्ताले पनि वनको उचित उपभोग गर्न पाउने अधिकार भएको हुँदा त्यसको संरक्षण र संवद्र्धन गर्नुपर्ने दायित्व पनि हाम्रै पुस्ताको हो, त्यसैले वनको अवस्था अझ सुधार गर्न कसरी सकिन्छ भनेर विज्ञबाट प्रशिक्षण गराइएको हो ।”

तालिमको प्रशिक्षण वनविज्ञ कृष्णप्रसाद यादवले दिने जनाइएको छ । यसअघि गत माघमा पनि कार्यालयले वनसँग जोडिएका मुद्दा त्रुटिरहित बनाउन आफ्ना कर्मचारीलाई जिल्ला अदालतका न्यायाधीशबाट तीनदिने तालिम दिइएको जिल्ला डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए ।

प्रकाशित समय : १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु