global ime bank Long Banner Ad

गृहपृष्ठ कोशीमा प्रहरीको ‘फ्यान’ अभियान प्रभावकारी

कोशीमा प्रहरीको ‘फ्यान’ अभियान प्रभावकारी

कोशीमा प्रहरीको ‘फ्यान’ अभियान प्रभावकारी

लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान (फाइट एगेन्स्ट नार्कोटिक्स)’ अभियान सञ्चालन गर्दै आएको छ ।

‘अबको युद्ध, दुव्र्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित अगाडि बढाइएको अभियानले उल्लेखनीय उपलब्धिहरू हासिल भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सुनसरीबाट सुरु भएको दुव्र्यसनविरुद्धको अभियान हाल कोशी प्रदेशमा विस्तारित हुँदैछ । अभियानको परिकल्पना सुनसरी प्रहरी प्रमुखका रूपमा कार्यरत रहेका बेला वर्तमान कोशी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) राजन अधिकारीले गरेका थिए ।

 

प्रकाशित समय : ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु