global ime bank Long Banner Ad

गृहपृष्ठ ज्ञानेन्द्र शाहीको आरोप: आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएको पाइयो

ज्ञानेन्द्र शाहीको आरोप: आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएको पाइयो

ज्ञानेन्द्र शाहीको आरोप: आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएको पाइयो

राप्रपाका नेता ज्ञानेन्द्र शाहीले आइतबार पुर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपि ओलीको निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन् ।

शाहीले सामाजिक सञ्जालमा लेख्दै रिमालले योगी आदित्यनाथको तस्बीर राख्न लगाएको पाइएको उल्लेख गरेका हुन् । साथै उनले नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो कुकर्म गरेको समेत बताएका छन् ।

उनले भनेका छन्- हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगि आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपि ओलि ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाईएको पाईएको छ । नेपाली राष्ट्रिय झन्डा सहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन छि छि । बिदेशीको एजेन्डामा र सिद्धान्तनमा पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? माक्स, लेलिन, माओ कुन देशका हुन ?

 

प्रकाशित समय : ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु