global ime bank Long Banner Ad

गृहपृष्ठ अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनसँग जोड्ने उपाय

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनसँग जोड्ने उपाय

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनसँग जोड्ने उपाय

गोरखाको धार्चे गाउँपालिकाले भएका व्यक्तिलाई आयआर्जनसँग जोड्दै स्वरोजगार बनाउन मुढा बन्ने तालिम प्रदान गरेको छ । पालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचय भएका व्यक्तिलाई छनोट गरेर १० दिने मुढा बुन्ने तालिम दिएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरूङले जानकारी दिए ।

“अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्ने सोचाइ समाजमा छ”, उनले भने, “त्यस्तो धारणालाई परिवर्तन गर्दै अपाङ्गता भएका व्यक्तिलाई सीप प्रदान गरेर आत्मनिर्भर बनाउन तालिम दिइएको हो ।” गाउँपालिकाले तालिमपछि उनीहरूले उत्पादन गरेका मुढा वडावडामार्फत बजार व्यवस्थापनको पहल गर्ने उपाध्यक्ष गुरूङको भनाइ छ ।

तालिममा लाप्राक, खोर्लाबेँसी, हुल्चुक, सिङ्लालगायत विभिन्न क्षेत्रका गरी १५ भन्दा बढीको सहभागिता रहेको थियो । “सामाजिक सुरक्षा भत्ता ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिले पाउँदैनन्”, उपाध्यक्ष गुरूङले भने, “उनीहरूलाई केही न केही सीप सिकाउन सके आयआर्जनसँग जोड्न सकिने र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने पनि हाम्रो विश्वास हो ।”

गाउँपालिकाले धादिङबाट अपाङ्गता भएका व्यक्तिलाई नै प्रशिक्षकका रूपमा ल्याएर तालिम प्रदान गरेको हो । पालिकाले आवासीय सुविधासहित सहभागीलाई तालिम दिएको । “सीप सिकेर मुढा उत्पादन गर्ने चाहानेले आआफ्नो उत्पादन सम्बन्धित वडाका बजारमा बिक्रीका लागि व्यवस्था मिलाइने छ”, उपाध्यक्ष गुरूङले भने, “वडाबाट बाहिर पठाउन परे पनि पालिकाले आवश्यक पहल गर्नेछ ।”

तालिमले अपाङ्गता भएका व्यक्तिलाई घरमै बसेर जीविकोपार्जनसँग जोड्न मद्दत पुग्ने धार्चे गाउँपालिकाभित्र प्रसस्त मात्रामा निगालो पाइने भएकाले पनि कम लागतमा मुढा उत्पादन गर्न सकिने हुँदा मेहनत गरे सीप सिकेकाले राम्रो आम्दानी गर्न सक्नेछन् ।

प्रकाशित समय : ०९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु