global ime bank Long Banner Ad

गृहपृष्ठ आइएमई लाइफ इन्स्योरेन्सको फागुन २५ गते बस्दैछ साधारण सभा

आइएमई लाइफ इन्स्योरेन्सको फागुन २५ गते बस्दैछ साधारण सभा

आइएमई लाइफ इन्स्योरेन्सको फागुन २५ गते बस्दैछ साधारण सभा

आइएमई लाइफ इन्स्योरेन्सले साधारण सभा डाकेको छ । कम्पनीले आइतबार फागुन २५ गतेलाई वार्षिक साधारण सभा डाकेको हो । सभामा कम्पनीले सेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, बुक क्लोजभन्दा अघिसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा, दियो महल, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

प्रकाशित समय : ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु